विराटनगरमा कोशी प्रदेशका साहित्यकारहरुको रमाईलो जमघट

विराटनगरमा कोशी प्रदेशका साहित्यकारहरुको रमाईलो जमघट

विराटानगर । विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा कोशी प्रदेशभरीका साहित्यकारहरुको २ दिने भेला गर्दै 'विराट वाङ्मय उत्सव' जारी छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारको सहभागितामा साहित्यिक–सामाजिक विषयमा छलफल तथा भेटघाटको यो कार्यक्रम विराटनगरमा पहिलो पटक हुनुपर्छ ।
आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटक घरमा शुक्रबारदेखी विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरूमा छलफल गरेर उत्सव मनाईरहेका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालले शुक्रबार उद्घाटन गरी दुई दिने 'विराट वाङ्मय उत्सव' सुरु भएको छ ।
विराटनगर सहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कवितादेखी अन्य रचनाहरु वाचनका कार्यहरु भईरहेको छ ।

त्यस्तै, कता रुमलियो विराट विरासत, नेपाली भाषाको बहाव, मञ्चमा ‘म’, भोलि बास्ने कवि: सम्झनामा कृष्णभूषण बल, नेपाली साहित्य सिर्जनाका नवीनतम आयामहरू लगायत शीर्षकमा छलफल भईरहेको छ । उत्सवमा मुकुन्द प्रयास, विवश पोखरेल, देवान किराँती, हाङ्युग अज्ञात, जसराज किराँती, सीमा आभास लगायतको सहभागितामा विविध साहित्य सम्बन्धी कार्यक्रम भईरहेको छ । यसैविच भोली शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण :परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जन लगायतका कार्यक्रम हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्