हिमालय दर्शन कलेजका प्राध्यापकहरुलाई क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला

हिमालय दर्शन कलेजका प्राध्यापकहरुलाई क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजका प्राध्यापकहरुको क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला शुक्रबारबाट सुरु भएको छ ।

कलेजले काठमाडौं युनिभर्सिटीका प्राध्यापक प्रोफेसर डाक्टर सुदन झालाई आमन्त्रणगरि कार्यशाला आयोजना गरेको हो । कार्यशालामा कलेजमा अध्यापन गराउदै आएका ४६ जना प्राध्यापकहरु सहभागी छन । कार्यशालामा सहभागी प्राध्यापकहरुलाई रिसर्च तथा आर्टिकल राईटिङ सम्बन्धि प्रशिक्षण दिइएको हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताउनुभयो ।

प्रशिक्षण लिएका प्राध्यापकहरुले विद्यार्थीहरुलाई रिसर्चकालागि प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यशालाको उद्घाटन सत्रमा कलेजका अध्यक्ष प्रोफेसर डाक्टर पिके झा,निर्देशक भेषराज पोखरेल तथा स्नातकोत्तर क्याम्पस विराटनगरका पुर्व क्याम्पस प्रमुख डाक्टर मनोज राउत लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्