महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन

<span class='c1'>महाकुम्भ मेलामा एक हजार</span> <span class='c2'>६०० स्काउट परिचालन</span>

विराटनगर । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन भएका छन् ।

पूर्ण महाकुम्भ मेलामा उक्त संख्यामा परिचालित भएका स्काउटहरूले स्वयंसेवकका रुपमा परिचालन भएर सेवा गरेका हुन् ।

गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला वैशाख २८ गते समापन भएको छ । महाकुम्भमा रोभर, रेन्जर र स्काउटरहरु गरी एक हजार ६०० स्काउटहरु परिचालन भएको जनाइएको छ ।

प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउटका स्वयंसेवक परिचालन गरिएको हो ।

बराहक्षेत्र नगरमा सञ्चालित स्काउट दलहरू र कोशी प्रदेशका स्काउटर र रोभर, रेन्जरहरुले कुम्भ मेलामा सेवा उपलब्ध गराएका थिए ।

उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको कुम्भमेलाको उद्घाटनमा स्वयंसेवक बनेर कार्यक्रमको व्यवस्थापन, भक्तजनको लाइन व्यवस्थापन लगायतका कार्यमा सहयोग गरेको स्थानीय स्काउट विराटनगरका प्रमख आयुक्त नवीन पहाडीले बताए ।

अन्य दिनहरूमा पनि आवश्यक क्षेत्रमा स्काउट स्वयम्‌सेवकहरूले सेवा प्रदान गरेका हुन् । कुम्भ मेलामा संस्थागत रूपमा सेवा प्रदान गर्न अवसर दिएको भन्दै अनन्त श्री विभूषित जगतगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्री, बराहक्षेत्र नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक रमेश कार्कीप्रति कोशी स्काउटले आभार प्रकट गरेको प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले बताए ।

नेपाल स्काउटका सह–प्रमुख आयुक्त किरण गिरी, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, राष्ट्रिय आयुक्त रवि खनाल, नबल प्रसाद उपाध्याय, राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारीसहित स्थानीय प्रमुख आयुक्त एवं पदाधिकारीहरूको नेतृत्वदायी भूमिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्