झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि छिरीङको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतीय रुपैयाँ २८ हजार ५ सय बरामद भएको थियो ।
अवैध चाँदीसहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।