कोशीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

<span class='c1'>कोशीका मुख्यमन्त्रीले सोमबार</span> <span class='c2'>विश्वासको मत लिने</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने भएका छन् । वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

विश्वासको मत सोमबार लिने गरि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने भएको हो ।

कोशीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठक सोमबार विहान ८ बजे बस्दैछ । दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय गर्र्ने नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।
२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक–एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्