विराटनगरको बगैँचामा पुर्ण राईलाई ‘आई लभ यु’ को वर्षा

विराटनगरको बगैँचामा पुर्ण राईलाई ‘आई लभ यु’ को वर्षा

प्रेम देवान
विराटनगर । विराटनगरको गर्मी । साँझ पर्दै जादै थियो । किशोर किशोरीहरुको हुल कार्यक्रम स्थल तिर जानको लागि तछाड र मछाड हुँदै थियो । दृष्य थियो विराटनगर ८ स्थित हाटखोलामा भुपाल राईले संचालनमा ल्याएको ‘फन एण्ड फुड रिर्सोटको बगैचा’ को । शनिबार दिनभर चर्को घाम । त्यही दिनभरीको बेलुकी पख बगैचामा थियो एउटा लाईभ कन्सट । फन एण्ड फुड रिर्सोट बगैँचाको आयोजना तथा भाईरल ईभेन्ट र मन्जिना मुभिज क्रियशनको संयोजनमा भएको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल नाईट’ । कुनै ताका विराटनगरमा लाईभ कन्सट भईरहन्थे तर केही वितेका बर्षदेखी कमै लाईभ कन्सट हुने गरेका छन् ।

यता नयाँ वर्षको अवसरलाई मध्यनजर गरेर बगैचाले लाईभ कन्सट गर्यो । लाईभ कन्सटमा अहिलेका किशोर पुस्ताका निकै चर्चित गायक पुर्ण राईको व्याण्डलाई निम्ताएको थियो । विशेष गरी १५ देखी २० वर्ष उमेर समुहका किशोर किशोरी गायक पुर्ण राईको डाइहार्ट फ्यान थिए । एक हप्ता अगाडीदेखी आयोजक तथा संयोजन गर्ने टिमले पुर्ण राईको टोली ल्याउने बारे व्यापक प्रचार प्रसार गरिरहेको थियो । नभन्दै वैशाख २९ गते शनिबारका दिन साँझ ८ बजेबाट पुर्ण राईको व्याण्ड टोली स्टेज चढ्यो । फन एण्ड फुड रिर्सोटको खुला चउरालाई चारैतिरबाट कालोे पर्दाले घेरेर बनाईएको स्टेजमा लाईभ कन्र्सटका लागी म्युजिकल बाजाहरु तयारीमा थिए । विराटनगरकी मोडल किशोरी कार्कीले उद्घोष गरेको कार्यक्रमलाई मकालु टेलिभिजनका भिजे जतिन ताम्राकारले बेला बेलामा साथ दिएका थिए ।

उद्घोषकले गायक पुर्ण राई आउने वाचन गरिरहँदा मैदानमा भएका दर्शकहरुको हुटिङ्गले साँझपखको त्यो माहोललाई तताईरहेको थियो । सुरुमा विराटनगरका युवा गायक सुभम न्यौपाने र अन्य यहाँका स्थानीय गायकहरुले आफ्नो प्रस्तुति दिएका थिए । दिउसो ४ बजेलाई निम्तो दिएको कार्यक्रम साढे ५ बजेबाट स्टेजमा गीतहरु बज्न थालेको थियो । २ घण्टासम्म यहाँका स्थानीय गायक र डिजे गानामा रमाएका दर्शकहरु पुर्ण राईको पर्खाईमा थिए । जब राति ८ बज्नै लागेको थियो । आवर विराटनगर अनलाईन मिडिया पार्टनर रहेको कार्यक्रममा दर्शकहरु राईको प्रस्तुती हेर्न आतुर थिए ।

पुर्ण राईको लाईभ प्रस्तुती तयार हुनको लागि झन्डै १५ देखी २० मिनेटसम्म प्राविधिक सिस्टम मिलाउन समय लाग्यो । यद्यपी उनी स्टेजको तल बसिरहँदा उनलाई ‘आई लभ यु’ भन्नेहरुको आवाज गुम्जिरहेको थियो । जब उनी स्टेज चढे लामो समयसम्म कुरेर बसेका उनका फ्यानहरुको आई लभ यु का शब्दहरु सँगै हुटिङ्ग झनै बढ्न थाल्यो ।

भर्खरै प्लस टु पढ्दै गरेका किशोर किशोरीहरु उनको प्रस्तुती हेर्न पुगेका थिए । भने भर्खरै एसइई दिएर बसेका विद्यार्थीहरुको पनि बाक्ले उपस्थिती देखिन्थ्यो । सायद गर्मीको मौसम भएर होला अधिकांश किशोरीहरु छोटा र आर्कषित ड्रेसमा सजिएका थिए । उनीहरुको हट पोसाकले झनै त्यहाँको माहोललाई तताई रहेको थियो । जब पुर्ण राईले आफ्नो प्रस्तुती दिन सुरु गरे हात हातमा भएको मोबाइलले उनको भिडियो कैद गर्दै उनलाई साथ दिन थाले । झन्डै आदा दर्जन जती गीत गाईसकेपछि ‘नभेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो, अब छुट्नै पर्यो जिन्दगीको खेल’ भन्ने बोलको गीतमा पुगे । त्यो बेला धेरैले गीत गाएर साथ दिए । किनकी उनलाई यही गीतको लाईन चिनाएको थियो । यो लाईन टिकटक देखी रिल्सहरुमा भाईरल बनेको थियो ।

त्यही भएर पनि हुनुपर्छ किशोर किशोरीको मनको ढुकढुकीमा पुर्ण राई बस्न सफल भए । उनले अन्तिम गीत प्रस्तुत गर्नुभन्दा अगाडी दर्शकहरुलाई एउटा आग्रह गरे । उनले भने,’ अबको मेरो अन्तिम प्रस्तुती हो तपाईहरुले अब मलाई मोबाइलको लाईट बालेर साथ दिनुपर्छ ।’ नभन्दै दर्शकहरुले हात हातको मोबाइलको लाईट बालेर उनलाई गीत गाउन साथ दिए ।

राईले गीत गाइसकेपछि विदाई हुनै लाग्दा दर्शकदिर्घाबाट ‘वान्स मोर ,वान्स मोर’ को हुटिङ बर्षन थाल्यो । उनले फेरी दर्शकको आग्रह नकार्न सकेनन् फेरी दुई मिनेट जति गीत गाएर उनी स्टेजबाट विदा भए ।

यता उनीसँग फोटो र र सेल्फी खिच्न भने तछाड र मछाडको अवस्था थियो । त्यति मात्रै हैन उनी स्टेजबाट ओर्लदै गर्दासम्म किशोरी मात्रै हैन किशोरको समेत ‘आई लभ यु’ का शब्दहरु बर्षिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्