भर्चुअल व्याटल अफ द व्याण्डसको फाइनलमा विराटनगरको सर्कल अफ फिप्तस व्याण्ड

<span class='c1'>भर्चुअल व्याटल अफ द व्याण्डसको फाइनलमा</span> <span class='c2'>विराटनगरको सर्कल अफ फिप्तस व्याण्ड</span>

विराटनगर। विराटनगरको सर्कल अफ फिप्तस व्याण्ड भर्चुअल व्याटल अफ द व्याण्डसको फाइनलमा पुगेको छ।

भर्चुअल माध्यमबाट विश्वमा नै पहिलोपटक आयोजना भएको उक्त प्रतियोगितामा सर्कल अफ फिप्तस व्याण्डसहित ७ वटा व्याण्ड फाइनलमा पुगेको हो।

नेपाली गिटार ट्युटोरियल,संगीत पाठशाला र एमआई एमपी अष्ट्रेलियाको संयुक्त आयोजनामा भएको खुल्ला प्रतियोगीतामा ७२ वटा व्याण्डको सहभागीता रहेको थियो। ७२ वटा व्याण्ड मध्ये उत्कृष्ट ७ व्याण्ड फाइनलका लागि छनोट भएको आयोजकले जनाएको छ।

जुन १ तारिकमा हुने फाइनल प्रतियोगितामा सर्कल अफ फिप्तस,द वंर्ट हिल, बिपोलार स्याडोज,लासोज,डाइसेक्टेड सोल्ज,द आफ्टर म्याथ र द वी(हामी) व्याण्ड उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ,दोस्रो हुनेले २ लाख रुपैयाँ र तेस्रो हुने व्याण्डले १ लाख रुपैयाँ नगद,प्रमाणपत्र र ट्रफी प्राप्त गरे आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्