कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत पाएका छन् । प्रदेश सभा बैठकमा कार्कीलाई ५७ जना प्रदेशसभा सदस्यले मत दिएका हुन् ।

कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस अनुपस्थित रहेको थियो । ९३ सदस्यीय प्रदेश सभामा ६२ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् । रिट सुनुवाइ गर्न जेठ ९ मा पेशी तोकिएको छ । मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने काँग्रेस अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्