नृत्य निर्देशक संघ नेपालकाे प्रदेश एवम् जिल्ला पदस्थापन कार्यक्रम सम्पन्न

<span class='c1'>नृत्य निर्देशक संघ नेपालकाे प्रदेश</span> <span class='c2'>एवम् जिल्ला पदस्थापन कार्यक्रम सम्पन्न</span>

मणिराम दाहाल
सुन्दरहरैँचा। माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नृत्य निर्देशक संघ नेपालद्वारा आयाेजित प्रदेश एवम् जिल्ला पदस्थापन शपथ ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भएको छ

काेशी प्रदेश नृत्य निर्देशक संघकाे अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका थिए । सुन्दरहरैँचा १० स्थित सिद्धार्थ स्कुलमा सर्वसम्मत चयन हुने पदाधिकारीहरूकाे सफत ग्रहण गराई प्रमाण पत्र समेत वितरण गरिएकाे थियाे । संघकाे काेशी प्रदेश उपाध्यक्षमा इश्वरीप्रसाद सिग्देल, देबराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, काेषाध्यक्षमा गिता पाैडेल, सह काेषाध्यक्षमा मनाेज राजवंशी चयन भएका छन् । यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरि, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन याेगिलाई चयन गरेकाे छ ।

नृत्य हाम्रो अभिमान कला र संस्कृतिकाे पहिचान भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपाल काेशी प्रदेश तथा जिल्लाकाे पदस्थापन तथा शपथ ग्रहण समारोहकाबिच सबै १५ पदाधिकारीलाई शपथ गराईएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई थिए । उनले काेशी प्रदेशकाे सांस्कृतिक र जातिय पहिचान झल्काउने नृत्य कलाकाे क्षेत्र नृत्य निर्देशकहरूकाे अहम् भुमिका रहेकाे बताए । उनले “सांस्कृतिक संरक्षणकाे विकास कुनै बाधा विना दुत रूपमा हुनु पर्ने समेत बताए । विभिन्न जातीय संस्कृतिकाे खाेज, अनुसन्धानमा धेरै मेहनत गरेर कलाकार जन्माउनमा निर्देशककाे महत्त्वपूर्ण भुमिका रहेकाे भन्दै प्रसंसा समेत गरे । यस्तै आगामी दिनमा याे संस्था नगर सहकार्य गरेर अघि बढ्ने समेत बताए ।

कार्यक्रममा काेशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले देशकाे कला र संस्कृतिलाई बचाउने काम नृत्य निर्देशकले गरेको उल्लेख गर्दै पदाधिकारीलाई शुभकामना दिए । यसैगरी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले सरकारसंग भएको अधिकार खाेज्न पनि संगठनात्मक रूपमा अघि बढ्ने बताए । काेशी प्रदेश जस्तो कला र संस्कृति रहेकाे प्रदेशका नाट्य निर्देशकले गर्भ गर्न लायक काम गरेकाे भन्दै प्रशंशा गरेका थिए ।

कार्यक्रममा माेरङ, सुनसरी, झापा र इलाम जिल्लाकाे समेत नयाँ समितिकाे सपथ ग्रहण गराईएकाे थियाे । संघकाे माेरङ अध्यक्षमा इन्द्रजित मगर , सुनसरी अध्यक्ष मणिकुमर लिम्बू , झापा अध्यक्ष अमन गुप्ता तथा इलामको अध्यक्षमा संकाेच मगर लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्