विराटनगर । विराटनगर १३ मा रहेको जेसी बाल सदन स्कुलले विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रक्रियाको अभ्यास गराउन स्कुल क्याप्टेन र सहायक क्याप्टेन चयनका लागि निर्वाचन गराएको छ ।
आम निर्वाचनमा जस्तै सम्पूर्ण प्रक्रिया पुरा गराएर सम्पन्न निर्वाचनले एक वर्षे कार्यकालका लागिको स्कुल क्याप्टेन र सहायक क्याप्टेन लागी निर्वाचन गराएको हो । स्कुल क्याप्टेनको लागी ६ जना र सहायक क्याप्टेनको लागी चुनावी मैदानमा उत्रिएका थिए । स्कुल क्याप्टेनमा कक्षा ९ की अंशु दास र सहायक क्याप्टेनमा कक्षा ८ की आभा सहनी निर्वाचित भएका छन् । निर्वाचित भएका क्याप्टेनहरुले विद्यार्थी र विद्यालयका बिचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्नेछन् ।
प्रजातन्त्रको मूल्य मान्यता सिकाउँदै नेतृत्व विकास गराउनका लागि निर्वाचनका सबै प्रकृया पुरा गराइएको प्रिन्सिपल तुलसी दुलालले जानकारी दिए । विद्यार्थीहरुमा गरिएको यस किसिमको अभ्यासले सहकार्य, समन्वय र प्रतिष्पर्धि बन्न अभिप्रेरित गर्ने तथा प्रतिष्पर्धामा हार र जितलाई स्वभाविक रुपमा लिन सिकाउन मदन मिल्ने दुलालले बताए ।