सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ

सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका-१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिनुभयो ।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्