विराटनगरका चिया पसल : ‘सुरुप्प’ पिउँदै आरामसँग गफ

विराटनगरका चिया पसल : ‘सुरुप्प’ पिउँदै आरामसँग गफ

इन्दु साह
विराटनगर। विराटनगर महानगरमा विगत दुईवर्षदेखि युवाले रोज्ने व्यवसायमा रेष्टुरेन्ट एण्ड बार र होटल धेरै छन् । विदेश जानुको विकल्पमा खोजिने धेरै विकल्पमध्ये रेष्टुरेन्ट एण्ड बारमा लगानी गर्ने जस्तै चिया बिक्री गर्ने व्यवसायमा नि उतिकै लगानी आकर्षित भएको देखिन्छ । सानो झुपडी वा एउटा सटरमा भईरहेको चिया पसलहरु अहिले सिंगै भवन भाडामा लिएर सञ्चालन गर्नेहरुले आकर्षक डेकोरेशनमा ध्यान दिन थालेका हुन् ।

चिया पिउन पिउन मौसम हेरिदैन । चिसोयाम र गर्मी याम दुवैमा मौसममा चियाका पारखीहरु चिया एण्ड कपी सपमा पुग्दछन् । थकान मेट्न, निजी कुरा गर्न वा अन्य राजनीतिक र सामाजिक कुरामा गफिन पनि चिया पसलमा भेटिनेहरुको संख्या कम छैन । साथिसंग भेटघाट गर्नुहोस् प्रायः सबैले चिया पसलमा पिउदैँ बात मार्न रुचाउँछन् । विराटनगरमा प्राय बसेर गफिनको लागि सार्वजानिक स्थलमा पाटि पौवा नभएकोले पनि चिया पसल लाईनै आराम गर्ने ठाउँ बनाउने गर्दछन् ।

१६ वर्ष उमेर समुह देखि ८५ वर्षसम्मकाले चिया पिउन रुचाउने गरेका छन् । चिया व्यवसायिहरु समेत युवाहरुनै रहेका छन् । उनीहरुले विदेश जानुको विकल्पमा चिया व्यवसाय रोजेका हुन् । केहि वर्षयता विराटनगरमा ठुला लगानीमा चिया व्यवसायमा यहि कारण लगानी गर्नेहरुको संख्या बढिरहेको छ । विभिन्न परीकारका चियाले समेत पारखीहरुलाई आकर्षित गर्दछ । विराटनगर ३ मा रहेको चाई सुट्टा बार चियाको लागी चर्चित ठाउँ हो । युवाहरु चिया पिउन त्यहाँ भीड लाग्दछन् । २०७९ सालमा ३२ वर्षिय महेश सोनी र मनोज सोनीले उक्त व्यवसाय संचालन गरेका हुन् । ५० लाखको लगानीमा चाई सुट्टा संन्चालन गरेको तर ब्यापार भने लगानी अनुसार नभएको संचालक महेसले बताए । उनले १० जनालाई रोजगार समेत दिएका छन् । उनी भन्छन् पहिलेको जस्तो आर्थिक आम्दानी हुँदैन, अहिले विभिन्न अन्य चिया व्यावसाय संन्चालनमा आएकोले ब्यापारमा प्रतिस्पर्धा चलिरहेको छ ।

किसानमार्फत सोझै दुध खरिद गरेर चिया पकाउन प्रयोग गरिने उनले बताएका छन् । यहाँ आउने ग्राहक समेत सन्तुष्ट भएको र एक पटक आएका ग्राहकनै पटक पटक आउने गरेको उनको भनाई छ । यस ठाउँको विशेषता ‘मट्का चिया’ रहेको छ । यहाँ चिया कुनै कप या ग्यालासमा नभएर माटोले बनाईएके सानो आकारको कुल्लडमा दिईन्छ ।
यहाँ चिया लगायत विभिन्न परिकारका खाजा, नास्ता भएतापनि ग्राहक भने चिया नै रुचाउछन् । संचालकका अनुसार बजारमा उच्च प्रतिस्पर्धा भएतापनि चियाका पारखीहरुले दैनिक ठिकठाक नै भएको बताए । राम्रो आम्दानी हुन्छ भनेर ठुलो लगानीमा चिया ब्यवसाय संचालन गरीयो तर त्यस्तो अपेक्षित आम्दानि नहुँदो रहेछ ।

उक्त वारमा मसला टी, ग्रीन टी, ब्ल्याक टी, मिल्क टी, नरिवल चिया, मट्का चिया, हनी जिन्जर चिया, प्लेन, नर्मल, लेमन, ब्ल्याक मसलालगायतका चियाका विभिन्न परीकार पाईन्छ ।
यस्तै डिभिजन वन कार्यलय मोरङ अगाडी रहेको वैठक हाउसमा समेत साँझ बिहान चिया पिउन आउनेको संख्या उल्लेख्य रहेको दावी छ । तर, ग्राहकको संख्या लगानी अनुसारको भने नहुने सञ्चालक २७ वर्षिय संजय कुमार यादव बताउँछन् । उनले बैदेशिक रोजगारबाट स्वदेश र्फकना साथ आफ्नै ठाउँमा व्यवसाय सुरु गरेका हुन् । दश लाखको लगानीमा यो व्यापार थालेको बताउँछन् । उनले यो व्यापारमा दुई महिनायता समय दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्