तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : देव खनालको सतकसँगै वाइआरसिसिको सानदार जित

<span class='c1'>तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : देव</span> <span class='c2'>खनालको सतकसँगै वाइआरसिसिको सानदार जित</span>

विराटनगर । अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रनले हराउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको हो । विराटनगरका ओपनर देव खनालले सतक पूरा गरे । उनले ३० बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन बनाए । राष्ट्रिय खेलाडीले भरिएको विराटनगरका नारयण जोशीले अबिजित १३ बलमा ३३ रन बनाए । उनले ४ छक्का र १ चौका हिर्काए । इमरन नजिर र अभिषेक पलले समान २५–२५ रन पारी खेल्दा सन्दिप खत्रिले ९ बलमा २६ रनको योगदान दिए । दिपिन खत्रीले अविजित ९ बलमा १४ रन जोडे भने सविप अन्सारीले ८ बलमा १६ रन बनाए ।
विरगन्जका सोनुले २, नितेस पेटल, सोनु शर्माले समान १–१ विकेट लिए ।
विराटनगरले दिएको २४३ रनको लक्ष्य पछ्याएको विरगन्जले निर्धातिर १७ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो । विरगन्जका असप हुसेनले अर्धसतक पूरा गरे । ३० बलमा ५ छक्का र ५ चौका हिर्काउँदै ५१ रन बनाए । हिसुप मन्सारीले १२ बलमा अविजित २३ रन पारी खेल्दा हन्थन यादवले २३ रनको योगदान दिए ।
विराटनगरका विक्रम दासले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले २ विकेट र हेमन्त धामीले १ विकेट लिए ।
प्रतियोगिताको प्लेर अफ द म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । प्लेर अफ द म्याच घोषित भएका खनाललाई नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य साना जोसीले पुरस्कार वितरण गरे ।
अहिले दोस्रो खेल भारत बिहारको पूर्णिया क्रिकेट क्बल र विराटनगरको होराइजन क्रिकेट क्लब बिच प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्