राष्ट्रिय जलवायु परिवर्तन प्रतिवेदन सार्वजनिक, असर क्रमिक बढ्दै

<span class='c1'>राष्ट्रिय जलवायु परिवर्तन प्रतिवेदन</span> <span class='c2'>सार्वजनिक, असर क्रमिक बढ्दै</span>

काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक प्रतिवेदनले नेपालमा जलवायु परिवर्तनको दुष्प्रभाव क्रमिक पृद्धि भइरहेको देखाएको छ ।

हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित प्रतिवेदन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा तयार पारिएको कार्यालयले जनाएको छ । २९ जिल्लाका ६ हजार ५ सय घर परिवारमा पुगेर तयार पारिएको प्रतिवेदन प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडीपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले सार्वजनिक गरेका हुन् ।

कम्तीमा २५ वर्ष एकैस्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा तयार प्रतिवेदनले कृषि प्रणाली, वन र पानीमा जलवायु परिवर्तनको असरहरु कसरी बर्सेनि बढेका छन् भन्ने अभिलेख गरेको छ । प्रमुख तथ्यांक अधिकारी पोखरेलले जलवायु परिवर्तनको असरबारे जानकारी पाएर यसमा आधारित रही नीतिनिर्माण गर्न सहयोग पुग्ने बताए ।

युएनडीपीका उपप्रमुख सेभिलार्डले प्रतिवेदनले सरकारी निकायसँगै विकास साझेदार र गैरसरकारी संस्थाहरुलाई नीति निर्माणसँगै कार्यक्रम छनोटमा सहयोग हुने भनाइ राखे । मुलुकमा घट्दो कृषि उत्पादनको कारक जलवायु परिवर्तन पनि रहेको प्रतिवेदनमा छ । खडेरी, बाढी, पहिरो, वन अतिक्रमण र डढेलो, भूक्षय, रासायनिक मल एवं विषादीको अधिक प्रयोग लगायतका विभिन्न कारणले तापक्रम बढ्दा जलवायु परिवर्तनको असर क्रमिक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्