मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त

<span class='c1'>मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव र</span> <span class='c2'>हसिना खान मन्त्री नियुक्त</span>

काठमाडौं । पार्टी फुटेपछि उपेन्द्र यादवले सरकार छाडेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका दुई नेतालाई सोमबार साँझ मन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार ताकिएको हो ।

प्रधानमन्त्री दाहालको सिफारिसमा दुवैलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका हुन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा यादवलाई राष्ट्रपति पौडेल र खानलाई प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

पार्टी विभाजनपछि उपेन्द्र यादवले सोमबार नै सरकार छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्