रतुवामाईमा भारतीय नागरिकमाथि गोलि प्रहार : प्रहरीमाथि आक्रमण प्रयासपछि जवाफी फायर

रतुवामाईमा भारतीय नागरिकमाथि गोलि प्रहार : प्रहरीमाथि आक्रमण प्रयासपछि जवाफी फायर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ रातुपाडामा लागुऔषध कारोबारीले प्रहरीलाई आक्रमण प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा लिइएको छ । भारत बिहार किसनगञ्ज–८ का भगिरथ हरिजनलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरेपछि गोलि हानेर नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरीका प्रमुख नवराज कार्कीका अनुसार विशेष सुचनाका आधारमा लागुऔषधको कारोबारी हरिजनलाई नियन्त्रणका लागि लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलि त्यहाँ पुगेको थियो । त्यस क्रममा हरिजन सवार बीआर ३८ क्यू ३८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोक्नासाथ उनले आक्रमण गरेका थिए । त्यस क्रममा प्रहरी सहायक निरीक्षकको हातमा चोट लागेको छ ।

प्रहरी प्रमुख कार्कीका अनुसार प्रहरीमाथि आक्रमण गरेपछि उनमाथि गोली चलाइएको थियो । उनको तिघ्रामा दुई गोली लागेर ढलेपछि उनको साथबाट १२८ ग्राम ब्राउन सुगर बरामद भएको छ । घाईते उनको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भईरहेको छ ।

उपचारपछि घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । हरिजन बारम्बार नेपाल–भारत खुल्ला सीमानाका प्रयोग गरेर लागुऔषधको कारोबार गर्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्