५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा

<span class='c1'>५ वर्षभित्र आधारभूत शिक्षा</span> <span class='c2'>सुनिश्चित गर्ने घोषणा</span>

काठमाडौं । सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन् ।

उनका अनुसार प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीलाई परिमार्जित गरिने नीति सरकारले लिनेछ । जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए ।

त्यस्तै, विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्ने पनि सरकारको नीति रहेको राष्ट्रपति पौडेलले पढेर सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्