विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो सेमेस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियर वाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको `डियर ह्याक´ कार्यक्रममा प्रथम भएका हुन् ।
उक्त कार्यक्रममा देशभरीका १७ वटा कलेजका ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिजेतासँगै सुबेदीले नगद ५० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन् । आइटिको क्षेत्रमा काठमाडौं बाहिरका कलेजले पनि टप गर्न सक्छन् भन्ने सन्देश दिएको उनले बताए ।
सुवेदीले ब्लक चेनमा सफ्टवेयर बनाएका थिए । जुन उत्कृष्ट ठहरिदै प्रथम हुन सफल भयो । ३६ घण्टा लगाएर बनाएको सफ्टवेयर उत्कृष्ट हुँदै प्रथम भएको उनले सुनाए ।
प्रथम भएको सुबेदीलाई कलेजका प्रमुख हितेश कार्की र ट्रेनिङ मेनेजर प्रबिण थपलियाले पुरस्कार र प्रमाणपत्र वितरण गरे । यसैविच डियर ह्याक कार्यक्रममा प्रथम हुन सफल भएका पुरुषोत्तम सुबेदीलाई हिमालय दर्शन कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रम आयोजना गरी आइतबार सम्मान गरेको हो । उनलाई कलेजका निर्देशक भेषराज पोखरेलले खादा र माला लगाएर सम्मान गरेका थिए ।