क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

<span class='c1'>क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा</span> <span class='c2'>आज पनि सुनुवाइ</span>

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।

मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका छन् । आज पनि सो बहसले निरन्तरता पाउने छ भने अदालतले फैसला दिनसक्ने सम्भावना छ ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते ८ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्