विराटनगरकी अनु लिम्बूलाई उपचारमा सहयोगको याचना

विराटनगरकी अनु लिम्बूलाई उपचारमा सहयोगको याचना

विराटनगर । धनकुटा सागुरीगढी फुवाफोक ३ घर भई हाल विराटनगर १२ बखरी दिदिकोमा बस्दै आएकी ३१ वर्षीया अनु लिम्बूलाई ब्रेन ट्युमरको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

एक वर्ष अगाडीदेखी ब्रेन ट्युमर रोगबाट पिडित बनेकी अनुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

उनको यसअघि काठमाडौं,भरतपुर र भारतको नयाँ दिल्लीमा समेत उपचार गराईसकेको भएता पनि चिकित्सकले ट्युमरको अप्रेशन गर्नुपर्ने भएकाले आर्थिक रकम जुटाउन समस्या भएकाले सहयोगी हातहरुलाई मदत गरिदिन उनकी दिदि जलु कुमारी लिम्बूले आग्रह गरिन् ।

यस अघि पनि आर्थिक रकम जुटाएर भारतको नयाँ दिल्लीमा उपचार गर्दा गर्दै धेरै नै खर्च सकिएकाले अप्रेशनको लागि पैसा नभएपछि सम्पूर्ण परिचित अपरिचित मानवता बोकेका महानुभावहरु सबै सबैको हरेक प्रकारको सहयोगको अपेक्षा गर्दछु अनुकी दिदि जलु कुमारीले भनिन् । ‘मेरी बैनीलाई धेरै ठाँउ उपचारको लागी लगिसके, डाक्टरले ब्रेन ट्युमरको लागी तयारी गर्नु भन्नु भएको छ,’ अब हामीसँग भएको सबै जयजेथा बेचिसक्यौ अब केही बाँकी रहेन । त्यसैले तपाई सबैमा विनम्र अनुरोध गरे जे जति सकेको सहयोगको अपेक्षा गरे ।

अनु लिम्बूको सहयोगका लागि सम्पर्क गर्न सकिने फोन ९८४२०३०२६५,९८१९३६०३८४ वा आफूले चाहेको रकम एभरेष्ट बैंकको खाता नम्बर ००८००५०१००२८३३ मा पनि जम्मा गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्