सोह्रौं पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी

सोह्रौं पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यान्वयन हुने दाबी गरे ।

‘हामीले सोह्रौं योजनाको लक्ष्य महत्वकांक्षी नराखेर त्यसलाई कसरी पूरा गर्न सक्ने बनाउने र कसरी योजनालाई पूर्ण कार्यान्वयनमा लैजाने कुरालाई धेरै ध्यान दिएका छौं । त्यसकारण यो योजनामा राखिएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर त्यसतर्फ धेरै जोड दिएका छौं ।’उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्व दिएको बताए । उनले भने, ‘सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ ।’ सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२-२०८५/०८६) को सार्वननिक गर्दै उनले यो योजनापन्ध्रौं भन्दा फरक भएको बताएका हुन् । सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेमहत्वकांक्षीलक्ष्य लिएको छ ।

‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तर्वस्तुमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार चार सय ५६ अमेरिकी डलर रहेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्ले पारित गरेको उक्त सोह्रौँ योजनमा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ ।

यस्तै, उपाध्यक्ष श्रेष्ठले १६औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए । उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन्। तीन तहका सरकार आर्थिक-सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्