‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन ’ प्रतियोगिता सम्पन्न

<span class='c1'>‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड</span> <span class='c2'>क्वुइन ’ प्रतियोगिता सम्पन्न</span>

विराटनगर । विराटनरमा पहिलो पटक आयोजना भएको खुल्ला ‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन’ प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर–३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजना तथा एनवाईएफसीको प्राविधिक सहयोगमा ‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन’ प्रतियोगिता सम्पन्न भएको हो।

जीम एण्ड फिटनेसले शारिरीक बनौट निर्माण गर्ने मात्रै नभई मानसिक स्वास्थ्य, शारिरीक स्वास्थ्यसँगै सामाजिक र अनुशासित व्यक्तित्व निर्माणमा यसको योगदान छ भन्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम संजोग श्रेष्ठ(Power Gym) , द्वितीय रौनक सेन खवास(Power Gym) र तृतीय अमर मुखिया(Shiva Shakti Gym) भएका छन्। त्यसैगरी महिलातर्फ प्रथम बेन्जु कुथुमी राई(The Gym), द्वितीय सुस्मिता लेप्चा(Urban Sport), तृतीय भावना घिमिरे राई(New Shape Gym And Fitness World) भएका छन्।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरुले नगद १२ हजार ५००, १० हजार ५ हजार रुपैयाँ मेडल ट्रफी,समुहगत विभिन्न उपाधि र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए। भने समापन कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले गरेकी थिईन। कार्यक्रमको सभापति द जीम महेन्द्रचौकका सञ्चालक सरोज खड्का,विशिष्ट अतिथिमा एनवाईएफसीका राष्ट्रिय प्रशिक्षक युवाराज बस्नेत, एमबीबीएफएफका अध्यक्ष नवीन विक्रम शाह, कार्यक्रम संयोजक फ्रिस्टायल फिटनेस एण्ड जीमका संचालक दिपेशराज गौतम, एनवाईएफसी विराटनगरका अध्यक्ष सुमन बन्जारा लगायतका कार्यक्रम सहभागिता रहेको थियो।

उक्त कार्यक्रम एमबीबीएफएफका सचिव विपिन पाश्वानले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्