सेयर बजार घट्यो

सेयर बजार घट्यो

काठमाडौं । चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो ।
८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको थियो ।

आज १३ उपसमूहमा उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन् । १७१ कम्पनीको सेयरमूल्य घट्दा ६६ कम्पनीको मात्रै बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक कारोबार हुनेमा पिपुल्स पावर छ । उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाको सेयर कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला विकास बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि दुई लघुवित्तका लगानीकर्ता सेयरमूल्य बढेर सर्किट लाग्दा फाइदामा रहे भने एउटा लघुवित्तको नेगेटिभ सर्किट लागेको छ । उपकार र युनिक नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो । यस्तै सेयरमूल्य घटेर सर्किट लाग्नेमा गुराँस लघुवित्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्