विराटनगर र देवानगञ्जबाट ६९० केजी गाँजासहित चारजना पक्राउ

विराटनगर र देवानगञ्जबाट ६९० केजी गाँजासहित चारजना पक्राउ

विराटनगर । विराटनगर र सुनसरीको देवानगञ्जबाट प्रहरीले ६९० केजी गाँजासहित चाारजनालाई पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको सूचानाको आधारमा देवानगञ्ज–५ बाट गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मंगलबार राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ४४० किलोग्राम गाँजा बरामद भएको थियो ।

ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका–६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका–४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतीय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ आईसीपी रोडमा काँचो केरा बोकेको प्रदेश १–०२–०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दै गरेको बेला इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्