आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन उत्साहजनक

आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन उत्साहजनक

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा ७ अर्ब २३ करोड लक्ष्यमा ६ अर्ब ४९ करोड संकलन गरेको छ । जुन लक्ष्यको ९० प्रतिशत हुन आउँछ । बैशाख महिनामा ७० करोडको लक्ष्यमा ८१ करोड असुली गरेको छ ।

कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार चालु आर्थिक वर्षको दश महिनामा मूअकरतर्फ एक अर्ब ८८ करोड, आयकर २ अर्ब २१ करोड र अन्तःशुल्कतर्फ २ अर्ब १४ करोड संकलन भएको छ । कार्यालयले मूअकरतर्फ २ अर्ब ४७ करोड, आयकरतर्फ २ अर्ब ६३ करोड र अन्तःशुल्कतर्फ १ अर्ब ९३ करोडको लक्ष्य राखेको थियो ।

नियमित अनुगमन र कार्यालयको सक्रियताले देशभरका कार्यालयमा ६० प्रतिशत मात्रै राजस्व संकलन हुँदा विराटनगरले भने ९० प्रतिशत असुल गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्