विरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

विरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए । ५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रकृयामा भाग नलिए पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरीएर मतदान प्रकृयामा सहभागी बनेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्