धनकुटा र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित ३ जना पक्राउ

धनकुटा र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित ३ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईटहरी-५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ वर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ वर्षीय केवल तामाङ र २६ वर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधीसहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्