रंगेलीमा फर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख क्षति

<span class='c1'>रंगेलीमा फर्निचर र ग्यारेजमा आगलागी</span> <span class='c2'>हुँदा ८० लाख क्षति</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको रङ्गेली नगरपालिका ३ स्थित आमतोलामाफर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो ।

बिहीबार बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहेका सोफा, कुर्सी, विभिन्न मेशिन, आरा मिल लगायत जलेर नष्ट भएका छन् । यसैगरी कृपानन्द यादव सञ्चालक रहेको ट्याक्टर ग्यारेजमा आगलागी हुँदा लेथ मेसिन, ग्यास कटर, ग्यास बेल्डर, ड्रिल मेसिनसहितका सामाग्री जलेर नष्ट भएका छन् ।

३ः३० देखि लागेको आगो नेपाल प्रहरी , स्थानियवासी, रङ्गेली नगरपालिकाको दमकल र कानेपोखरी नगरपालिकाको दमकलको सहायताले ५ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका सन्तोष खड्काले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्