विराटनगर-४ मा भएको शिविरमा साढे ३ सयको स्वास्थ्य जाँच

<span class='c1'>विराटनगर-४ मा भएको शिविरमा साढे</span> <span class='c2'>३ सयको स्वास्थ्य जाँच</span>

विराटनगर । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

आमसर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क रुपमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सो शिविरमा ३ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिएकामध्ये फिजिसियनतर्फ ७९ जना, बालरोगतर्फ १७७ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भिआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स-रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिनुभयो ।

शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमनसमेत गर्नुभएको थियो । वडा कार्यालय छेउमा रहेको श्री आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विद्यार्थीहरुले समेत स्वास्थ्य जाँच गराएको स्वास्थ्य महाशाखाका संयोजक दिलीप यादवले जानकारी दिनुभयो ।

महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । अब केही वडामा मात्रै शिविर सञ्चालन गर्न बाँकी रहेको यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्