मिल्स क्रिकेट: वाइआरसीसी र कटिहार सेमिफाइनलमा

<span class='c1'>मिल्स क्रिकेट: वाइआरसीसी</span> <span class='c2'>र कटिहार सेमिफाइनलमा</span>

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।

विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो ।

विराटनगर जुटमिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो । विराटनगरका अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि वाइआरसिसीले जितेको छ । अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन्।
जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।

सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ -२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १-१ विकेट लिए । विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २-२ विकेट लिए । पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए ।

कटिहारले १९.१ ओभरमा सबै विकेट गुमाइ १६५ रन बनाएको हो । कटिहारका मयङ्कले १५ बलमा ३२ रन पारी खेल्दा करन कुमारले २७ बलमा ३१ रन बनाए । एजमल राजले १४ रन, अभिषेक कुमारले ११ रन बनाए । दिल्लीका निरु र शिवम किशोरले समान ३-३ विकेट लिए । विकास र सन्दिपले समान २ -२ विकेट लिए ।

कटिहारले दिएको १६६ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा सबै विकेट गुमाइ १३५ रन मात्रै बनायो । जसमा दिल्लीका सत्यजित राउतले ३१, विकास लोहीले २७ रन बनाउदा विराट कार्कीले २५ रनको योगदान दिए । कटिहारका कुलदिप आलमले ३.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । कसिलो बलिङ गर्ने उनी प्लेर अफ द म्याच घोषित भए । भानु आन्नदले ४ ओभरमा १९ रन खर्चेर ३ रन बनाए ।

शनिबारको पहिलो सेमिफाइनल खेल विराटनगरको वाइआरसीसी र एनबीएससी क्रिकेट क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्