विराटनगरमा बुद्ध जयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

<span class='c1'>विराटनगरमा बुद्ध जयन्तीका अवसरमा</span> <span class='c2'>निःशुल्क आँखा शिविर</span>

विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

विराटनगर-११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए ।

रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरुले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो । मोतियाबिन्दुको समस्या देखिएकाहरुको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालअन्तर्गतको हिमालयन क्याट्रक प्रोजेक्टसँगको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधि समेत वितरण गरिनेछ । बुद्धजयन्तीका अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको ।

यसअघि संघले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्