मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल

<span class='c1'>मानसरोवर यात्राः रसुवागढी</span> <span class='c2'>नाकामा बढ्यो चहलपहल</span>

रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिनुभयो । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्