विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-१९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा ऋषिदेवको मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल