झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ९ जना पक्राउ

<span class='c1'>झापा, मोरङ र सुनसरीबाट</span> <span class='c2'>लागुऔषधसहित ९ जना पक्राउ</span>

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ वर्षीय कुन्दन कुमार शर्मा र भारतीय नागरीक २३ वर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ वर्षीय विशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित विराटनगर- १६ दरैयाबाट विराटनगर- ११ की ३२ वर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट स्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० रुपैयाँ र भारु नगद १३०, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोबाइल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ वर्षीय रहमान मियां, २४ वर्षीय सफराज मियां, २१ वर्षीय कुन्दन यादव, १९ वर्षीय विकास कुमार यादव र १८ वर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्