विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदस्यले ६ दिने चलचित्र महोत्सव सुरु भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उदस्यले आईतबारबाट कोशी प्रदेशमा चलचित्र महोत्सव सुरु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको समन्वयमा हिजो जेठ ६ गतेबाट सुरु भई आगामी जेठ ११ गते समापन हुनेछ ।
६ दिने महोत्सवको उद्घाटन झापाको विर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरेका थिए । उद्घाटनका दिन सांस्कृतिक कार्यक्रम र चलचित्र प्रर्दशन गरिएको थियो ।
यता विराटनगरकोे आरोेहण गुरुकुलमा चलचित्र प्रदर्शनीसंगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध कार्यक्रम सुरु भएको छ । यसैविच सोमबार फिचर फिल्म र लघु चलचित्र प्रदर्शनी भएको छ । सुजित बिडारीले निर्देशन गरेको ‘ऐना झयालको पुतली’ फिचर फिल्म प्रर्दशनी गरिएको थियो । त्यसैगरी हाम्रो जङ्गल , फु, अदेख , हाङानान्द र राजवशी समुदायको दखल फिल्म प्रर्दशन गरिएको छ ।
कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थी , कलाकार, साहित्यकार , राजनितिककर्मी लगायत रंगपत्रकारहरुको सहभागिता रहेको थियो । आगामी जेठ ११ गते सम्म ३ दर्जनबढी बृत्त, लघु चलचित्र, फिचर फिल्महरु निशुल्क हेर्ने व्यावस्था गरिएको छ ।
साथै सिनेमा छायाकनदेखी फिल्म बनाउनको लागी के कस्ता प्रविधीहरु प्रयोग गरिन्छ भन्ने जिज्ञासा मेटाउनको लागी सुचना केन्द्रको पनि स्थापना गरिएको छ । उक्त केन्द्रमा कोशी भिजन फिल्म ईटहरीले फिल्म निर्माण गर्दा प्रयोग गरिने सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
साथै आरोहण गुरुकुलमा चलचित्र निर्माणबारे अन्तरक्रिया, जातिय खानाका स्टल , अन्तरक्रिया, सांस्कृतिक लगायतका कार्यक्रम जेठ ११ गते सम्म हुने जनाइएको छ ।