काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो ।
त्यस्तै, युरो एककोखरिद दर१४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । सोमबार खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो । आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । सोमबार खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो ।
कतारी रियालकोमूल्य भने आज पनि स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।