टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : सांसद राणा

<span class='c1'>टिकापुरको जग्गा ५० हजार रुपैयाँमा</span> <span class='c2'>किनेको हुँ : सांसद राणा</span>

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको हो ।

उहाँले आफूले २०५३ सालमा जग्गा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गर्नुभयो ।

सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको जिकिर गर्नुभयो ।

‘‘टिकापुरको जमिन तपाईँहरू आफै गएर हेर्न जानुस् । ५० हजार रुपियाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहिँ २०६८ सालपछि हो । त्यो कुराहरू पनि तपाईँहरू गएर हेर्नुहोस् । तपाईँहरू सबै खोज पत्रकारिता गरिरहनुभएको छ । तपाईँहरूलाई गएर हेरिदिनुस् भन्छु ।,’’ सांसद राणाले भन्नुभयो, ‘‘कागजात खोलेर हेर्नुहोला तपाईँहरू कृपया । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहिँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन् । न्यायोचित छानबिन होस् । यो गर्ने सदनको काम होइन ? यो पनि नगरे के गर्ने त सदनमा ?’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्