विराटनगरमा सडक विस्तारसँगै विस्थापित भए सार्वजानिक धारा

<span class='c1'>विराटनगरमा सडक विस्तारसँगै विस्थापित</span> <span class='c2'>भए सार्वजानिक धारा</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका नाला,सडक बनाउने क्रममा सार्वजननिक धाराहरु विस्थापित भएका छन् । नेपाल खानेपानी संस्थान विराटनगरले विराटनगर । सार्वजनिक स्थलमा निःशुल्क रुपमा खाने पानीका लागि जडान गरिएका धाराहरु विराटनगरका सडक विस्तारसँगै विस्थापित भएका छन् । महानगरपालिका भित्र नेपाल खानेपानि संस्थान विराटनगरले २५ सार्वजनिक स्थानमा निःशुल्क खाने पानीको धारा जडान गरेको थियो । यी धाराहरु सडक तथा नाला विस्तार र निर्माणका क्रममा हटेका हुन् ।

हाल निःशुल्क रुपमा खानेपानी संस्थानले जडान गरेका २५ स्थानका सार्वजानिक धारामध्ये ८ वटा मात्रै यथावत अवस्थामा भेटिएका छन् । नेपाल खानेपानी संस्थान, विराटनगरले गत माघमा सार्वजानिक धारा अनुगमनका लागि टोलि गठन गरेको थियो । सार्वजानिक धारा अनुगमन तथा विवरण अद्यावधिक समितिले स्थलगत निरीक्षण गर्दा २५ मध्ये ८ वटा धारा मात्रै भेटाएको थियो । संथान विराटनगरका महसुल ईन्चार्ज पदम हरी राईका अनुसार विस्थापित भएका धाराहरु पुनः जडान गर्ने अवस्था अब छैन । जडान भएका धारा विस्थापित भएपछि पुनः जडान गर्ने विषय प्राथमिकतामा नरहेको उनले बताए ।

पहिले जडान भएका धारा बाहेक अन्य धारा सार्वजनिक स्थलमा जडान नगर्ने तयारी गरिएको हो । संस्थानको केन्द्रले सार्वजानिक स्थलमा जडान गरिएका धाराबाट खपत भएको पानीको महसुल समेत असुल्न पत्राचार गरेर पठाएपछि विराटनगर शाखालाई दवाव समेत परेको छ ।
अहिले सार्वजनिक स्थलमध्ये विराटनगर–१० कारागार उत्तर, विराटनगर २ सरस्वती मन्दिर, विराटनगर २ बजरंगबली हनुमान मन्दिर, विराटनगर २ तिनपैनि चौक प्रहरी बिट, विराटनगर १ नमुना मार्ग, विष्णुमाया सामुदायिक पुस्ताकालय, घोघापुल मस्जिद , विराटनगर महानगरपालिका अगाडि लगायतका धाराहरु यथावत राखिने महसुल ईन्चार्ज राईले जानकारी दिए ।

बाँकी १८ स्थानका धारा सडक, ढल निर्माण गर्दा विस्थापित भएका हुन् । खानेपानी संथानले जडान गरेको धारा बाहेक पनि महानगर भित्र अन्य विभिन्न क्लबहरुले खानेपानीको धारा जडान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्