रंगेलीको सन्सारी मन्दिरमा बिहीबार मेला

<span class='c1'>रंगेलीको सन्सारी मन्दिरमा</span> <span class='c2'>बिहीबार मेला</span>

रबिन्द्र बराल
विराटनगर । मोरङमा बैशाख १ गते सुनवर्षी थान देखि सुरु भएको सिरुवामेला बिहीबार चण्डी पूर्णिकाको दिन रंगेलीको सन्सारी माई मन्दिरमा मेला लागेर समापन हुने भएको छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिरमा बिहीबार चण्डी पूर्णिकाको दिन बैशाखे मेलाको समापन विशेष पुजासहित गरिने भएको हो ।

कोशी प्रदेशको ऐतिहासीक धार्मिक एवम् संस्कृति महत्व बोकेको प्रसिद्ध धार्मिकस्थलमा चण्डि पूर्णिमाको अवसरमा विशेष पुजा हुने गरेको छ । बिराटनगर देखि २२ किलोमिटर पूर्वमा रहेको चिसाङ खोलाको बगरमा उक्त मन्दिर रहेको छ । राणा काल भन्दा अगाडिदेखि माता देवी बासस्थान रहेको धार्मिक बिश्वास रहेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संन्जिव श्रेष्ठका अनुसार यस वर्ष बिहीबार पूर्णिमाका दिन विशेष श्रृंगारका साथ पुजा गरिने छ । पुरेहितद्वारा बिधिवत रुपमा पुजाआजा गरेर उक्त दिन मेलाको समेत आयोजना हुनेछ । मन्दिरमा आफू ले चाहेको मनकामना पूरा गर्ने भक्तजन हरुको ठुलो घुँईचो लाग्ने गरेको छ । भाकल गरेको ९० दिन भित्र मनोकामना पूरा हुने गरेको जनबिश्वास रहेको छ । मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार भक्तजनको भीड लाग्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्