बढी भारले सडक भत्कियो, खाल्डोमा परेर सवारी दुर्घटना बढ्यो

<span class='c1'>बढी भारले सडक भत्कियो, खाल्डोमा</span> <span class='c2'>परेर सवारी दुर्घटना बढ्यो</span>

 देवराज तामाङ
विराटनगर । सडक भार वहन क्षमता भन्दा बढी वजन भएका मालवहाक सवारी नियन्त्रणमा सम्बन्धित निकायको चासो नहँुदा त्यसको असर समग्र सवारी साधनमा परिरहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । बढी भार बोकेका सवारीका कारण सडक भत्कने र त्यसको मर्मत समयमै नहुँदा अन्य सवारी दुर्घटना जोखिममा परिरहेको भन्दै सरोकारवाला निकायले नियमन गर्ने निकाय ट्राफिक प्रहरीको आलोचना गरेका हुन् ।

ओबी मिडिया प्रा.लि.ले बिहीबार विराटनगर–७ र ८ वडामा पर्ने हाटखोला बसपार्कमा आयोजना गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले सवारीको चाप अनुसारको सडक संरचना व्यवस्थापन अभाव रहेको बताएका थिए । सडक संरचनामा गुड्ने सवारीमा समेत फरक–फरक नियम लगाएर ट्राफिक प्रहरीले भूमिका निर्वाह गर्नुले आशंका सिर्जना भईरहेको बताएका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीले सवारी चालकले नियमलाई पालना नगर्दा धेरै दुर्घटना हुने गरेको बताएका छन् । उनले मोटरसाकइलका चालकले सडकको दुई साईडको लुकिङ ग्लासको प्रयोग समेत नगर्ने बताए । यसैगरी अधिकांश युवाहरुले बाइक हाँकिरहेको बेला मोवाइल कानमा अड्याएर शरीर बङ्ग्याउँदे बोलिरहेको देखिने गरेको बताए । यस्तो कार्यले दुर्घटना निम्त्याउँछ भन्ने थाहा हुँदा पनि त्यसबाट सावधानी अपनाउन नचाहने गरेको तिवारीको भनाई छ ।

यसैगरी विराटनगर ८ का वडा अध्यक्ष राम पोरखेलले सडकमा बढी भार बोकेका सवारी नियन्त्रण नहुने गरेको बताए । उनले सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले सडक भत्काउने गरेको, लेन प्रयोगमा मनपरी गर्ने गरेको आरोप लगाए । अध्यक्ष पोखरेलले ट्राफिक सचेतनाको कार्य नागरिकस्तरमा ल्याउनका लागि सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नु सकारात्मक पक्ष रहेको बताए ।
यसैगरी महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले महानगरपालिका भित्र सिटी सफारीको चाप व्यवस्थापन गरिने बताए । उनले महानगरपालिका भित्रको आवश्यकता हेरेर सिटी संख्या तय गरिने र दर्ता प्रक्रियामा ल्याईने बताएका छन् ।

यसैगरी सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि.का उपाध्यक्ष एवं व्यवसायी गोविन्दबहादुर कार्की प्रकाशले भत्केको सडकमा सिटी सफारीको चाप बढ्दा दुर्घटनाको जोखिम अधिक रहेको बताए । उनले विराटनगर बाहिरबाट हाटखोला बसपार्कमा मात्रै दैनिक एक हजार सिटी सफारी आईपुग्ने गरेको बताए । व्यवसायी कार्कीले राज्यका निकायहरुले नियन्त्रण र नियमनमा लोभ राख्दा सडकमा यातायात व्यवस्थापन कमजोर रहेको बताए ।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठन मोरङका अध्यक्ष उत्तम बन्जराले यातायात व्यवस्थापनसँग सरोकार राख्ने कार्यलयहरुले जिम्मेवारी पूरा गर्न नसक्दा समस्या हुने गरेको बताए । उनले सरकारले सवारी आयातलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा स्थानीय समाजसेवी बिनायक पन्तले ट्राफिक प्रहरी गैरजिम्मेवार देखिएका कारण दुर्घटना हुने गरेको आरोप लगाए । उनले चेकजाँचमा समेत ट्राफिक प्रहरीको शैली परिवर्तन हुन आवश्यक रहेको बताएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा ओबी मिडिया प्रालिले विराटनगरमा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको । यस अगाडी मंगलबार विराटनगर बसापर्कमा आयोजना गरिएको थियो भने बिहीबार हाटखोलामा कार्यक्रम सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्