विराटनगरमा डा.शेखरले भने–दुई पासपोर्ट भएका गृहमन्त्रीलाई कानुनी उन्मुक्ति, सिरोहियालाई नियन्त्रण

<span class='c1'>विराटनगरमा डा.शेखरले भने–दुई पासपोर्ट भएका</span> <span class='c2'>गृहमन्त्रीलाई कानुनी उन्मुक्ति, सिरोहियालाई नियन्त्रण</span>

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले कानुनी उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।

प्रेस युनियन कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट दिन नमिल्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएपनि उनलाई छुट दिएर कान्तिपुरका अध्यक्ष कैलास सिरोहियालाई नियन्त्रण गर्ने कार्य गलत भएको उनको तर्क थियो ।

कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्ने मनसाय प्रेरित रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्