रंगेली नगरपालिकामा न्यायिक समितिको बद्नियत, हुँदै नभएको किचोलोमा जर्बरजस्ती आरोप

<span class='c1'>रंगेली नगरपालिकामा न्यायिक समितिको बद्नियत,</span> <span class='c2'>हुँदै नभएको किचोलोमा जर्बरजस्ती आरोप</span>

विराटनगर । मोरङको रंगेली नगरपालिकाको न्यायिक समितिले बद्नियत राखेर विवादमा संलग्नै नदेखिने व्यक्तिलाई मुद्दामा फसाएर म्याद तामेल गरेको छ । रंगेली नगरपालिका–६ बुधनी देवी सहनीको उजुरीका आधारमा स्थानीय गणेश सहनी विरुद्ध जर्बरजस्ती आरोपित गर्ने चेष्टा गरिएको हो ।

गणेश विरुद्ध सहनीले सीमामा रहेको जग्गामा भएका रुखले आफूलाई असर गरिरहेको भन्दै त्यसको न्यायिक निरुपण गरिदिन माग गर्दै उजुरी दिएकी थिइन् । जबकी बुधनीदेवीको घरदेखि दक्षिणवर्ती सीमानामा गणेशको जग्गा नै थिएन । बुधनीको घर दक्षिण सीमानामा जोगिन्दर सहनीको नाममा रहेको खाली जग्गा छ । उक्त जग्गाका रुखले बुधनीलाई असर गरेपनि विपक्षी रुपमा गणेश विरुद्ध मुद्दा हालेकी थिइन् । जोगिन्दर गणेशका दाई महेशका ससुरा हुन् । तर, मुद्दा भने गणेशलाई हालिएपछि त्यो विषय विवादित मात्रै नभई जसरी पनि गणेशलाई दुःख दिने मनसाय राखेर गाली बेइज्जती समेत गरिएको गुनासो छ ।

रंगेली नगरपालिकाले २०८० चैत ६ गते बुधनीको उजुरीका आधारमा गणेशलाई न्यायिक समितिमा उपस्थित हुन म्याद जारी गरेको थियो । न्यायिक समितिका उजुरी प्रशासक पशुपति लाल दासले १५ दिनको म्याद दिदैं उपस्थित हुन निर्देशन दिएका थिए ।
न्यायिक समितिको पत्रका आधारमा गणेश उपस्थित भएर सरोकार नै नभएको विषयमा जर्बरजस्ती किन विपक्षी बनाइएको भन्दा समेत उपप्रमुख भुमा पराजुली र उजुरी प्रशासन दासले गाली बेइज्जती गरेको उनको आरोप छ । गाली बेइज्जती सहेर भएपनि उनले स्थलगत अनुगमन निरीक्षण गरेर सर्जमिन माग गरेका थिए । सर्जमिनमा उजुरी प्रशासक दाससहित नगरपालिकाको टोलि पुगेको थियो । टोलिले उक्त जग्गा गणेशको नभएको ठहर गरेको थियो । त्यसपछि उनले उजुरी प्रशासकलाई न्यायिक समितिकोतर्फबाट जर्बरजस्ती मुद्दा लगाउन खोज्नुको कारण, सरोकार नभएको भन्दाभन्दै ‘फटाहा, लुच्चा, लफुङ्गा’ भन्नुको कारण बताएर फर्कन भनेका थिए । त्यस क्रममा उजुरी प्रशासक जवाफ नदिई त्यहाँबाट हिडेका थिए ।

तर, उनले कार्यालयमा आएर आफुमाथि दुव्यवहार भएको भनेपछि उनी विरुद्ध अर्को तरिकाले दवाव सिर्जना गर्न खोजिएको दावी छ । उपप्रमुख पराजुली र उजुरी प्रशासकले गरेको गाली बेइज्जती विरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी हाल्न गणेश पुगेपछि प्रहरीले तीन विकल्प सुझाएको गणेशले बताए । प्रहरीले दिएको सुझावका आधारमा पहिले प्रमुख दिलिप बगडीयालाई भेटेर आफ्नो गुनासो राख्न उनी कार्यकक्षमा पुगेको बताउँछन् ।

कार्यकक्षमा पुग्दा प्रमुख बगडीयाले समेत ‘हामी विरुद्ध मुद्दा हाल्ने भन्दै हप्कीदप्की’ गरेको गणेशले बताए । बैशाख ९ गतेको सर्जमिन अनुसार जग्गा आफ्नो नभएकोले किन उजुरी लिएर दुःख दिन खोजियो ? भनेर प्रश्न गर्दा प्रमुख बगडीयाले ‘तँ फटाहा होस्, थुनाउँछु भन्नुभयो’ गणेशले भने–नगर प्रहरीलाई बोलाएर थुन्न आदेश दिनु भएको थियो तर कानुनी आधार खोजेपछि इलाका प्रहरी कार्यालयमा फोन गर्नुभयो ।’ उनका अनुसार मेयर बगडीयाको फोनका आाधारमा इलाका प्रहरी कार्यालयले ‘पक्राउ गर्न नमिल्ने, कानुनी आधार नभएको व्यक्तिलाई गिरफ्तार नगर्ने’ जवाफ दिएको थियो ।

त्यसपछि मेयर बगडीयाले गणेशको मोवाइल खोसेर टेबलमा फ्याँक्दै बाहिर निकाल्न अह्राएकाको उनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर गुनासो पोखे । उनले सरोकार नै नभएको विषयमा जर्बरजस्ती मुद्दा हालेर दुःख दिने नियत राखिएको भन्दै न्यायको माग गरेका छन् ।

उनी विदेशबाट फर्केपछि उनका बुबा विरुद्ध जग्गा खिचलो मुद्दा चलेको थियो । त्यसबेला समेत बाबु विरुद्ध हालेको उजुरीमा उनलाई न्यायिक समितिमा उपस्थित हुन भनिएको थियो । पुरानो रिसइबी समेत साँधेर बारम्बार दुःख दिने काम हुँदा स्थानीय सरकारको डरमा जीवन विताउनु पर्ने अवस्था आएको उनले गुनासो गरेका छन् । गणेशका दाजु महेशसँग समेत यस अगाडी नगर प्रमख बगडीयाको केहि भनाभनको घटना भएको थियो । उनले आफ्नो जग्गा घेराबेरा गरेका थिए । त्यसबेला नगर प्रमुख बगडीयाको कार्यकर्ता भन्दै भत्काइएको थियो । भत्काएपछि महेशले बगडीयालाई गालीगलौज गरेका थिए । प्रहरीले महेशलाई नियन्त्रणमा लिएको थियो । त्यो घटना सामसुम भएको केहिवर्षपछि गणेश विरुद्ध रंगेली सरकार पछि लागेपछि बसाँई सर्नु की बस्नुको अवस्थामा पुगेको गुनासो छ ।

नागरिकलाई स्थानीय सरकारका प्रमुख, उपप्रमुख र उजुरी प्रशासक समेतको संलग्नतामा गाली बेइज्जती गरिएपछि पीडित बनेका गणेश अदालतको सहारा खोज्ने मनस्थितिमा पुगेका हुन् । उनले मुलुकी अपराध संहिता, भाग (१) सामान्य प्रावधान अनुसार कुनै कसूरको अभियोग लागेको ब्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन । तर, बिना कारण आरोप लगाएर गालीगलौज गरेको विरुद्ध गणेशले उजुरी दिने भएका हुन् । यसैगरी भाग २ परिच्छेद–४ मा सार्बजनिक न्याय विरुद्धको कसूर उल्लेख छ । यसको उपदफा (१) कसूरबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएमा निजले कसुरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने प्रावधान रहेको छ । भाग ३ परिच्छेद २ (१) मा गाली बेइज्जती सम्बन्धी कसुर रहेको छ । जस अन्तर्गत प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले गाली गरेको अवस्थामा कसूर गर्ने वा गराउने व्यक्तिलाई एकवर्षसम्मको कैद सजाय वा दश हजार जरिवाना उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्