सञ्चारकर्मी दौडमा ओबी संवाददाता इन्दु साह प्रथम, पुरुषतर्फ कपलेश्वर

<span class='c1'>सञ्चारकर्मी दौडमा ओबी संवाददाता इन्दु</span> <span class='c2'>साह प्रथम, पुरुषतर्फ कपलेश्वर</span>

विराटनगर । विराटनगरमा आयोजित सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितामा आवर विराटनगरकी संवादाता इन्दु साह महिलातर्फ प्रथम भएकी छिन्।

नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा बिहीबार भएको दौड प्रतियोगितामा पुरुष÷महिलातर्फ साह प्रथम भएकी हुन्। त्यसैगरी माला पालुङवा द्धितीय, जानुका नेपाल तृतीय र सुशिला पाठक चौथो भएका छन्। विजेता साह प्रथम हुँदै दश हजार नगद राशीको पुरस्कार प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको पुरस्कारबाट ४ हजार रुपैयाँ पूर्वाञ्चल अनाथ आश्रमलाई दिने घोषणा गरेकी छिन् ।

यसअघि स्थापना दिवसको उपलक्ष्यमा आयोजित विराटनगरको महेन्द्र चोकदेखि होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिामा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम द्धितीय र तृतीय भएका छन् । नेपाली कांग्रेसका नेता तथा सांसद डा।शेखर कोइराला,विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए।

‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्