विराटनगरमा बुहारीहरु प्रधानमन्त्री रोगजार कार्यक्रममा व्यस्त

<span class='c1'>विराटनगरमा बुहारीहरु प्रधानमन्त्री</span> <span class='c2'>रोगजार कार्यक्रममा व्यस्त</span>

विराटनगर । सोनि कुमारी राम प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत वडन नं. ११ को सडक छेउको माटो र झारपात सफा गर्न व्यस्त छिन् । २२ वर्षीय सोनी कक्षा १० मा अध्यन्न गर्दैगर्दा उनको विवाह भयो । अहिले उनीमा बुहारीको जिम्मेवारी छ । उनको माईती सुनसरी हो । पाँचवर्ष पहिले उनले विराटनगर विवाह गरी आएकी हुन् ।

उनको दुई सन्तान समेत छन् । सोनी महानगरले प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तगत आफुले रोजगार पाएकोमा खुशी छिन् । उनी भन्छिन् यसरी म जस्तै यो कार्यक्रम अन्तरगत काम गर्ने धेरै बुहारीहरु छन् । हामी खुशी छौ घर परिवारसँगै बसेर पनि रोजगारीको अवसर पाएका छौं । तर, तीन महिनाको कार्यक्रम मात्र भएकोले यसलाई निरन्तरता दिन नसकिएको बताउँछिन् । यस्तै, ३५ वर्षिय मनिता देविरामको माईती रंगेली हो । उनको विवाह पनि विराटनगर ११ मा भएको छ ।

उनको पनि दुई सन्तान छन् । उनको यो कार्यले उनको परिवार समेत खुसी भएको सुनाउँछिन् । उनले प्रधानमन्त्री रोगजार कार्यक्रम मार्फत कमाएको रकमले परिवारलाई सहयोग मिल्ने बताइन् । तर, उनलाई तीन महिना मात्रैको रोजगारी गनुृपर्ने कुराले चिन्ता पनि छ ।
यसरी घर परीवारको हेरचाहासंगै रोजगार गर्ने अवसर पाउदा बुहारीहरु प्रतिको सम्मान बढ्ने उनको बुझाई छ । उनीहरु बिहानको १० बजेदेखि साँझ ६ बजेसम्म सरसफाई गर्दछन् । दैनिक हिसाबका दरले ६७५ रुपैयाँ पाउने गरेका छन् । उनीहरु सहित अन्य धेरै राम समुदायका विराटनगर ११ का बुहारीहरुले यस योजना अन्तगर्त रोजगार पाएका छन् । विराटनगर महानगरपालिका मार्फत ७७ जनाले रोजगारी पाएका छन् ।

यसमा सय दिने रोजगारी सृजना हुने विराटनगर महानगरपालिकाले जनाएको छ । यस्तै महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रम वडा अन्तरगत सूची निकालेर छनौट प्रक्रिया समेत वडा कै जिम्मेवारीमा हुने गरेको छ । सय दिनको कार्यक्रम ७७ जनालाई दैनिक एक जना बराबर ६ सय ६८ रुपैयाँ दिने गरेको महानगरले जनाएको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रममा ७७ जनाका लागि ५१ लाख ४३ हजार ६ सय रुपैयाँ लगानी हुने गरेको महानगरले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै ९० प्रतिशत महिलाको सहभागिता रहेको छ । ७७ जनामा १५ जना मात्रै पुरुष यो कार्यक्रममा सहभागी रहेको महानगरले जनाएको छ । विपन्न परिवारका सदस्यलाई सहभागी गराएको हो ।

श्रीमानको कमाईमा आश्रीत बन्न नपर्ने र आफ्नै कमाईबाट घर खर्च चलाउन सक्ने वातावरण सृजना भएको समेत राम साुदायका बुहारीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्