इलाम । इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बूको ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र राजेन्द्र आङदेम्बेको ८ वर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बूलाई पानीमा डुबि घाईते अवस्थामा र किस्मन आङदेम्वेलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाईते लिम्बूलाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
फोटो:फाइल