विराटनगर । एसआरएल डाइग्नोस्टिक नेपाल प्रा.ली ले नाम परिवर्तन गरेर एजिलस डाइग्नोस्टिक नाम दिएको छ ।
कोशी अस्पताल नजिकै विराटनगर–७ मा रहेको यो कम्पनीले विगत ८ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ। एजिलस डाइग्नोस्टिकले स्मार्ट रिपोर्ट, सेफ होम कलेक्सन जस्ता सेवा प्रवाह गर्दै आइरहेको छ । भने, सेवाग्राहीले रगत जाँचका लागि दिँदा केही जटिल बाहेकका अन्य सबै एकैदिनमा रिपोर्ट आँउने डाइग्नोस्टिकका ‘विजनेश हेड’ सञ्जिव प्रसारले जानकारी दिए । उनको अनुसार यो कम्पनिले मुटु रोग, सुगर, लिभर, थाइराइड किड्नी सम्बन्धी, जनरल बडी चेक लगायत रगतसम्बन्धि विभिन्न चेकजाँचहरु गर्ने गरेका छन् ।
यो कम्पनीले ७० प्रतिशतको छुट सहित एजिलस हेल्थप्लस नाम दिएर सेवाग्राही मार्फत अफर समेत ल्याएको छ ।
जुन, एकजनाले चेकजाँच गर्दा एकजनालाई निशुल्क चेकजाँचको व्यवस्था रहेको छ । एजिलस हेल्थप्लस आन्र्तगत हड्डिमा भिटामिनको कमीको चेकजाँच, डाइभिटिज , जेनरल हेल्थ,मुटु सम्बन्धी, किड्नी, लिभर, नसा सम्बन्धि थाइराइड लगायतको चेकजाँच रहेको छ ।
काठमाडौंको महाराजगञ्जमा केन्द्रिय कार्यालय रहेको यो प्रयोगशाला नेपालको विराटनगरदेखि विदेशी मुलुक अफगानिस्तान, कजाकिस्तान, मध्यपूर्व, उप–सहारा, अफ्रिका लगायतको देशमा फैलिएको छ ।
४१३ वटा भन्दा बढी प्रयोगशालाहरुसँग उच्चस्तरीय निदान सेवाहरु प्रदान गर्ने सञ्चालकहरुको प्रतिवद्धता समेत रहेको छ ।