विराटनगरमा ओडिसी क्रिकेट एकेडेमीको उद्घाटन

<span class='c1'>विराटनगरमा ओडिसी क्रिकेट</span> <span class='c2'>एकेडेमीको उद्घाटन</span>

विराटनगर । विराटनगर १० स्थित ओडिसी स्कुलमा ओडिसी क्रिकेट एकेडेमीको शनिबार उद्घाटन भएको छ ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एकेडेमीको रिबन काटेर तथा क्रिकेटको ब्याट पक्रेर खेलको सुरुवात गरी एकेडेमीको उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा एकेडेमीका अध्यक्ष एवं ओडिसी स्कुलका प्रधानाध्यापक भानु भट्टराईले विराटनगरबाट अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्न एकेडेमीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

युवा पंक्ति माझ अत्यन्तै लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा अहिले युवाहरूको आकर्षण बढिरहेको छ । एकेडेमीको स्थापनासँगै झन्डै तीन दर्जनभन्दा बढी विद्यार्थीहरूले भर्ना प्रक्रिया पूरा गरिसकेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी तथा वडा सदस्य सुनिता देवकोटा समेतकाे उपस्थिति रहेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्