विराटनगरमा ग्रामथान खोज्न संगठन

<span class='c1'>विराटनगरमा ग्रामथान</span> <span class='c2'>खोज्न संगठन</span>

विराटनगर । विराटनगर–४ मा वडा स्तरीय ग्रामथान संरक्षण समिती गठन भएको छ । समितिका महानगर अध्यक्ष तिलक राजवंशीको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । दिनेश राजवंशीको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा वीरनारायण मोदी, सचिवमा जयराम मण्डल, सहसचिवमा संजीवकुमार माझी र कोषाध्यक्षमा राजकुमारी राजवंशी चयन हुनुभएको छ ।

यस्तै नव गठित समितिमा जितु राजवंशी, ननिलाल चौधरी, ब्रह्मलाल थान्दार, आशाराम माझी, मन्जु राजवंशी र राजदेव मण्डल सदस्यमा चयन हुनुभएको छ । यसैगरी भेलाले बलकराम राजवंशी, भोलाराम चौधरी, कारू राजवंशी, मनोज चौधरी, किशोर चौधरी र छेदीलाल शर्मालाई सल्लाहकार चयन गरेको महानगर अध्यक्ष तिलक राजवंशीले बताएका छन् ।

आदिवासी जनजातीले सदियौंदेखि कुल देवताको रूपमा मान्दै आएको ग्रामथान र त्यसले चर्चेको सांस्कृतिक भूमी पछिल्लो समय अतिक्रमण भएको भन्दै संरक्षणको अभियान चलेको छ । विशेषगरी सुनसरी र मोरङमा अहिले संस्थागत रूपमा नै अभियान चलेको छ । यहि अभियान अन्तर्गत विराटनगर महानगर भित्र रहेका सम्पूर्ण ग्रामथानहरूको संरक्षणका लागि वडा वडामा कमिटी विस्तारको अभियान चलिरहेको महानगर अध्यक्ष तिलक राजवंशीले बताएका छन् । महानगरका ३, ४, ५ र ८ मा कमिटी गठन सम्पन्न भैसकेको छ । अध्यक्ष राजवंशीले ग्रामथानको संरक्षणका लागि महानगरको समेत ध्यान पुग्न आवश्यक रहेको जानकारी दिएका छन् ।

तराईका आदिवासी जनजातीहरूका लागि ग्रामथान एउटा महत्वपूर्ण सांस्कृतिक पहिचान हो। ग्रामथान भनेको उनीहरूको कुलदेवताको बासस्थान हो, जसको पूजाआराधना गरी आस्था र भक्ति प्रकट गरिन्छ। यसैले ग्रामथान तिनीहरूको संस्कृति र परम्पराको अभिन्न अंग बनेको छ।
ग्रामथानमा मूर्तिहरू राखिएका हुन्छन्, जसलाई देवीदेवताको प्रतिक मानिन्छ। यहाँ विभिन्न चाडपर्व र संस्कारहरू सम्पन्न गरिन्छ। यी सबै क्रियाकलापले तिनीहरूको सांस्कृतिक अस्तित्वलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको छ।

ग्रामथानबाट नै तिनीहरूको परम्परागत शिल्प, कला, नृत्य र संगीतको विकास भएको छ। धार्मिक गीत तथा नाचहरू यही ग्रामथानबाट उत्प्रेरित छन्। यसरी ग्रामथानले तराईका जनजातीहरूको सम्पूर्ण सांस्कृतिक जीवनलाई एउटा विशिष्ट पहिचान प्रदान गरेको छ।
अहिले शहरीकरण र भौतिक विकासका कारण धेरै ग्रामथानहरू विस्थापित भइरहेका छन्। त्यसैले यस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षण आवश्यक छ। आदिवासी जनजातीका संस्थाहरू लगायत सरकारले पनि ग्रामथान संरक्षणमा ध्यान दिनुपर्छ। यसो गर्न सकेमात्र तराईका आदिवासीहरूको सांस्कृतिलाई जोगाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्