मोरङ–सुनसरीका उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक राख्न सफ्टवेयर

<span class='c1'>मोरङ–सुनसरीका उद्योगमा आवश्यक जनशक्तिको</span> <span class='c2'>तथ्यांक राख्न सफ्टवेयर</span>

विराटनगर । उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक व्यवस्थित गर्न सफ्टवेयर निर्माणपछि सार्वजानिक गरिएको छ । मोरङ–सुनसरी औद्योधिक करिडोरमा आवश्यक कामदार तथा जनशक्ति बारे एकिकृत तथ्यांक राख्ने गरि सफ्टवेयर निर्माण गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा निर्माण गरेको सफ्टवेयर आइतबारदेखि सञ्चालनमा आएको छ । श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि दु्रत बजार विश्लेषण अन्तरगत सफ्टवेयरमार्फत कार्य गरिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिनको रुपमा रहेका उद्योग प्रतिष्ठानहरू प्रवर्धनका लागि यसले महतवपूर्ण योगदान दिने दावी गरेका छन् । औद्योगिक वातावरण निर्माणमा श्रम बजार व्यवस्थापन जरुरी रहेको बताए । सफ्टवेयरलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिस्टममा अपलोड गरिसकेको उनले जानकारी गराएका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यलय विराटनगरका कार्यलय प्रमुख पुष्प कटुवालले उद्योगहरुका कतिपय तथ्याँकहरुलाई अनिवार्य राख्नु पर्ने प्रावधान वनाउनु पर्ने बताएका थिए । आयोजनाको उद्देश्यहरुमा प्रकाश पार्दै समृद्धिका टिमलिडर संदिप पौडेलले उद्योगहरुको मागको आधारमा संचालन गरिने कार्यक्रम सफल हुने विचार व्यक्त गर्दै श्रम सम्बन्धी तथ्यांकको अभावमा तथ्यमा आधारित नीति निर्माण हुन नसकेको अवस्थामा निर्माण गरिएको सफ्टवेयरले यसमा सहजीकरण गर्ने दावी ग रेका थिए ।

समृद्धिका आयोजना प्रमुख सरोजप्रसाद गुरागाईले आवश्यकताको आधारमा सफ्टवेयरहरुको निर्माण हुने र समय अनुसार यसलाइ अपडेट गर्दै लानुपर्ने बताएका थिए । आयोजना प्रमुख सरोजप्रसाद गुरागाईले महासंघका अध्यक्ष राउतलाई सफ्टवेयर तथा सफ्टवेयर संचालनका लागि आवश्यक डिजिटल उपकरण हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्