विराटनगर महानगरपालिकाद्वारा ६१ विद्यालयलाई सिलिङ पंखा वितरण

<span class='c1'>विराटनगर महानगरपालिकाद्वारा ६१ विद्यालयलाई</span> <span class='c2'>सिलिङ पंखा वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ । गर्मी बढ्दै गएपछि महानगरपालिकाले सोमबार सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गरेको हो ।

महानगरपालिका परीसरमा विद्यालयका प्राचार्यहरुलाई कार्यवाहक प्रमुख मधुबाबु तिवारीले पंखा हस्तान्तरण गरेका थिए । शैक्षिक प्रसाशन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ३ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ ।

सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाई छ । तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरुलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखा अन्तर्गत आर्थिक वर्ष २०८०।०८१ को बजेटमा विनियोजित रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।

कार्यवहाक प्रमुख तिवारीले पंखा वितरण गर्नुको उदेश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताए । उनले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षा कोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताए । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ ।

विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो । महानगरपालिकाले २० लाख बजेट बिनियोजन गरेर ५०० पंखा खरिद गर्दा प्रतिइकाई चार हजार रुपैयाँ पर्दछ । यो बजारको मूल्य भन्दा सरदरमा महंगो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्